Online Nepal शनिबार, जेष्ठ ५ २०८१

युवा उपाध्यक्षमा हिमाल गुरुङले दिए उम्मेदवारी

युवा उपाध्यक्षमा हिमाल गुरुङले दिए उम्मेदवारी


मध्यान्तर
  • मंगलबार, भाद्र ८ २०७८

  • युवा ब्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डबाट बिभिन्न ब्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समितिमा बर्ष २०२१-२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घाेषणा गरेका हुन् ।
    सन २०११ देखि एनआरएनएकोबिभिन्न समितीमा रहेर काम गरेको अनुभव संगालेका गुरुङले अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । लामो समय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुदै २०१५-१७ मा अध्यक्ष बनेका थिए ।

    त्यस्तै २०१७-१९ मा एनआरएनए आइसिसी सदस्य हुदै उनले वर्तमान कार्यकाल २०१९-२१ मा युवा समितीको कोर्डिनेटर जस्तो महत्वपूर्ण पद सम्हालेका छन् । संघका हरेक समिती, गतिविधी र अभियानहरुलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माझ लोकप्रिय छवि बनाएका छन् ।
    कास्की जिल्ला स्थित पोखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका उनले उम्मेद्वारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिए ।
    हरेक विपदका साथै समस्या परेका बेला देश तथा विदेशमा रहेका नेपालीहरुलाई बिभिन्न रुपमा सहयाेग समेत गर्दै आएका उनले आफूले बोलेको कुरा कुनै हालतमा पूरा गरेर देखाउने बताए । आफ्नाे उम्मेदवारीले विश्वर छरिएर रहेका नेपाली युवाहरुमा उत्साह जगाएको भन्दै गुरुङले युवा एकता आजको आवस्यकता रहेको समेत बताएका छन् ।

    सरल र मिझासिलो स्वभावका गुरुङ संघकाे संस्थागत विकासमा परिपक्वता भएका अभियान्ताका रूपमा परिचित छन् । बिश्वभर फैलिएको एनआरएनएको संस्थागत बिकास र संस्थाको मर्मसंगै भावना अनुरुप एकता आवश्यक रहेको भन्दै उनले आफ्नाे कार्यकालमा युवा एवं दोस्रो पुस्तालाई नेपालप्रति समिप्यता, जिम्मेवारी र दायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए ।
    त्यस्तै उनले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्ने र स्वदेशमा लगानीको वातावरण सृजना गर्न भुमिका खेल्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यससंगै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न नीतिगत पहलकदमी समेत लिने उनले बताए ।

    प्रतिक्रिया
    थप समाचार