Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आइसीसी महिला संयोजकमा उमा कार्की थापाको बलियो उपस्थिति

आइसीसी महिला संयोजकमा उमा कार्की थापाको बलियो उपस्थिति


मध्यान्तर
  • सोमबार, भाद्र १४ २०७८

  • जिबनमा सबैभन्दा ठूलो कुरा कर्मप्रतिको लगाब, मोह र निरन्तरता नै हो रहेछ । कुनै बिधा वा क्षेत्रमा केही गर्छु भनेर लाग्नुस त्यसमा समय कहिले बाधा बन्दैन । समयलाई कारण बनाएर जिबनमा उत्साही हुन छाड्ने हो भने कहिले गन्तब्य समात्ने ?

    यो कुरा राम्ररी बुझेकी छन उमा कार्की थापाले । त्यसैले त आज उनि अमेरिका मात्र होइन, प्रबासमा रहनु हुने गैह् आबासीय नेपालीहरू माँझ उत्साही, जांगरिली र समाजसेबीको रूपमा चिनिन्छिन र स्थापित छिन । कर्मथलो अमेरिका भएता पनि उमाले नेपाल, नेपालमा रहनु हुने नेपाली, अमेरिकामा रहनु हुने नेपाली र अन्य मूलुकमा रहनु हुने प्रबासी नेपालीहरू माँझ आफ्नो बलियो उपस्थिति जनाउंदै सकारात्मक छाप छोड्न सफल भएकी छिन ।

    यिनै परिचय र सबैको साथ अनि उत्साह पाएर नै उमाले गैह् आबासीय नेपाली संघको २०२१-२०२३ को लागि आइसीसी महिला संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुन -‘ म एक्लै त के हो र ? यसमा त मलाई साथ र हात दिनेहरूकै मन बलियो भएका कारण यो उम्मेदवारी दिने निर्णय गरेकी हुं । उहांहरुले तिमी अगाडि बढ़ भन्नु भयो म बढें -‘ उमाको मिजासिलो जबाफ छ ।

    समाजसेवा र समाजप्रतिको दायित्वलाई उमाले कहिले पनि भूलिनन । अमेरिका छिरेदेखी उनले समाज सेबाप्रति देखाएको चासो अनि निभाएको कर्तब्यको प्रबासी नेपालीहरू खुलेर तारिफ गर्ने गर्छन । समाजसेबा मूलक सस्थासंगको उनको आबद्दता र सक्रियता हेर्दा एउटा मान्छेले यति धेरै संलग्नतालाई सहजताका साथ निर्बाह गर्न सक्दो रहेछ भन्ने कुराको गतिलो उदाहरण पनि हुन उमा ।

    गणेश तिर्थ फाउण्डेसनकी अध्यक्ष उमा गैह् आबासीय नेपाली संघ अमेरिकाको २०१९-२०२१ को क्षेत्रीय महिला संयोजक हुन । यसैगरी एनआरएनए अमेरिकाको २०१७-२०१९ को उपाध्यक्ष हुन भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक पनि भैसकेका छिन । एनआरएनएको टाक्सफोर्सको पूर्ब सदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन । अमेरिका नेपाल एकता समाजकी पूर्ब उपाध्यक्ष तथा अध्यक्ष उमा कार्की थापाले यो सस्थालाई चार बर्ष सफलताका साथ चलाएका थिइन । सन २००८-२०१२ सम्म साउथ एसिएन नेटवर्कसंग आबद्द रहंदा उनको कार्यशैली र समाससेबाप्रतिको लगाबको आज पनि तारिफ हुने गरेको छ । श्री पशुपति फाउंण्डेसन अमेरिकाको टिम मेम्बर कार्की लामो समयदेखी सस्थामा रहेर काम गर्दै आएको अनुभबकी धनी हुन । त्यसैले त गैर आबासीय नेपालीहरू उमाको बारेमा भन्छन -‘ यस्तो अनुभबी र सबै बुझेकालाई पो चुनाबमा जिताऊँनु पर्छ । गैह् आबासीय नेपाली संघमा आएर सिक्नेलाई होइन , पहिले नै पोख्त र निपुण भएकालाई जिताउंनु पर्छ । यो मामिलामा आइसीसी महिला संयोजक पदमा उम्मेदवारी दिने उमा कार्की थापा फिट उम्मेदवार हुन र यिनलाई जिताउंनु पनि पर्छ -‘ ।                                        राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार