Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ओमानको अमरातमा नेपाली चेलीको लगानीमा खुल्यो हेयर ड्रेसिङ्ग एण्ड ब्युटी पार्लर 

ओमानको अमरातमा नेपाली चेलीको लगानीमा खुल्यो हेयर ड्रेसिङ्ग एण्ड ब्युटी पार्लर 


मध्यान्तर
  • मंगलबार, भाद्र १५ २०७८

  • पछील्लो समय प्रबासमा नेपालीहरू आफ्नै ब्यापार ब्याबसाय तर्फ अग्रसर हुन थालेका छन । प्रबासमा दुख गरेर कमाएको धनको सदुपयोग गर्दै ब्यापार ब्यबवसायमा लागि पर्दै आएका प्रबासी नेपालीहरूको यो सोच र कार्यले उनिहरूले प्रशंसा पनि पाईरहेका छन ।

    यसै क्रममा विगत ८ वर्ष देखि ओमानको मस्कटमा ब्युटी पार्लरमा काम गर्दै आएकी हेमा श्रेष्ठले अब आफ्नै लगानीमा ब्यूटी पार्लर खोलेकी छिन ।हेमाले सामो समय अरूकोमा काम गरेको अवुभबकै कारण आफूले आफ्नै काम गरौं भन्ने सोचेर ब्यूटी पार्लर खोलेको बताएकी छिन । हेमाले ५ हजार ओमानी रियल अर्थात १५ लाख नेपाली रकम लगानी गरेर यो ब्यूटी पार्लर सन्चालनमा ल्याएकी हुन । हेमाको यो ब्यूटी पार्लरको ओमान मस्कट अमरातमा रहेको छ भने हेमाले ब्यूटी पार्लरको सरिफा हेयर ड्रेसिङ्ग एण्ड ब्युटी पार्लर नाम राखेकी छिन ।

    हेमाले भनेकी छिन -‘ मैले ओमान आए देखि नै आफ्नै व्यावसाय गर्ने सोच बनाएकी थिएं तर, विभिन्न समस्याको कारण त्यो योजना सफल भएको थिएन ।अहिले आएर आफ्नै व्यावसाय सुरु गर्न पाउदा धेरै खुसी लागेको छ -‘ उनले बताइन । हेमाले सकिन्छ भने प्रबासमा रहेका नेपालीहरूलाई आफ्नो सिपलाई प्रयोग गरेर ब्यापार ब्याबसाय गर्न पनि सुझाब दिएकी छिन ।

    प्रतिक्रिया
    थप समाचार