Online Nepal शनिबार, बैशाख ८ २०८१

“अष्ट्रेलियामा काम अफिसियल’ फेसबुक ग्रुपको यस्तो छ दशै कार्यक्रम

“अष्ट्रेलियामा काम अफिसियल’ फेसबुक ग्रुपको यस्तो छ दशै कार्यक्रम


मध्यान्तर
  • बुधबार, असोज १३ २०७८

  • लामो समयदेखी अष्ट्रेलियाको प्रबासी जीबनलाई अगाडि बढाईरहेका प्रबासी नेपाली हुन सरोज भट्टराई । बिशेष गरेर
    उच्चशिक्षा प्राप्त गर्न अष्ट्रेलिया हांनिएका नेपाली बिध्यार्थीहरूलाई पर्ने र पर्न सक्ने बिभिन्न समस्याहरूको समाधानका लागि भट्टराई लागि परिरहेका छन ।

    ‘अष्ट्रेलियामा काम अफिसियल’ फेसबुक ग्रुप मार्फत जनचेतना जगाउंने खालका कार्यक्रम ल्याएर सबैको वाहवाही कमाएका सरोज भट्टराईले यो दशैमा पनि अष्ट्रेलियाका हरेक शहरहरूका नेपालीहरूलाई समेट्ने उद्देश्यले ‘ अष्ट्रेलियाका हरेक शहरमा दशैंको शुभकामना २०७८’ नामक कार्यक्रम ल्याएका छन ।

    कोरोना कहरका कारण खुशी साट्न नसकेका नेपालीहरूलाई सरोजले ‘ अष्ट्रेलियामा काम अफिसियल’ आधिकारिक फेसबुक ग्रुप मार्फत यस पटकको दशै मनाउन आग्रह गरेका छन । उनले भनेका छन -‘ हाम्रो उद्देश्य भनेको अष्ट्रेलियाका बिभिन्न शहरहरूमा छरिएर रहनु हुने नेपालीहरूलाई एउटा छातामुनी ल्याउनु हो । त्यो छाता भनेको ‘अष्ट्रेलियामा काम अफिसियल’ आधिकारिक फ़ेसबुक ग्रुप हो । यो पेज लाईक गर्ने , हामीसंग जोडिनु हुने र हाम्रो यो पोष्ट सेयर गर्नेहरू मध्येबाट गोला प्रथाबाट एक जनाले २५० अष्ट्रेलियन डलर बराबरको खसी उपहार पाउंनु हुने छ-‘ भट्टराईले अगाडि जानकारी दिए – यो प्रतियोगितामा सहभागि हुन केही गर्नु पर्दैन । केबल हाम्रो पेज लाईक र पेज सेयर गर्नेहरू मध्येबाट हरेक स्टेटबाट एक – एक जनालाई फूलपातीको अघिल्लो दिन बिजेता घोषणा गरिने छ ।
    हाम्रो यो प्रतियोगिता पुरा अष्ट्रेलियाभरि आयोजना भएको छ । हामी एक स्टेटको बिजेतालाई २५० अष्ट्रेलियन डलर बराबरको खसी उपहार दिने छौं -‘ सरोजले थप जानकारी दिंदै अगाडि भने -‘ यो फ़ेसबुक ग्रुपमा ज्वाईन गर्ने र हाम्रो आधिकारीक पेजको पोष्ट सेयर तथा अष्ट्रेलियामा रहनु हुने न्यूनतम ५ जना साथी वा आफन्तलाई पोस्टमा गएर मेन्सन गर्नु पर्ने हुन्छ -‘ ।

    भट्टराईका अनुसार पोष्टमा आफू अष्ट्रेलियाको जम्मा आठ वटा स्टेट मध्ये कुन स्टेटबाट हो त्यो लेख्नु पर्ने हुन्छ -‘ त्यसपछी हामी हरेक स्टेटबाट फ़ेसबुक ग्रुपको पोष्टमा कमेण्ट र साथीलाई ट्याग गर्ने , पेज लाइक र सेयर गर्ने मध्येबाट आठ जनालाई लक्की ड्रबाट एउटा -एउटा २५० अष्ट्रेलियन डलर पर्ने खसी उपहार दिने छौं -‘ सरोजले जानकारी दिए ।

    भट्टराईले यस प्रकारको कार्यक्रमले प्रबासमा नेपाली नेपालीबीच माया , सदभाब र भाईचाराको बिकास गर्ने दाबी गरेका छन ।          राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार