Online Nepal सोमबार, बैशाख १७ २०८१

ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सलाई

ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सलाई


मध्यान्तर
  • शनिबार, असोज २३ २०७८

  • काठमाडौँ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि उचालेको हो। चितवनलाई उपाधि दिलाउन भीम सार्कीले ६३, दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रनको योगदान गरे।

    पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो।

    पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

    पोखरालाई सस्तैमा समेट्न चितवनका कमल ऐरीले ४, करिम जनत र सीक्कुगे प्रशन्नाले २–२ तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए।पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए।

    प्रतिक्रिया
    थप समाचार