Online Nepal शुक्रबार, चैत्र १६ २०८०

अस्ट्रेलियामा बजार बढाउँदै टू शेर्पा बियर

अस्ट्रेलियामा बजार बढाउँदै टू शेर्पा बियर


मध्यान्तर
  • मंगलबार, असोज २६ २०७८

  • राजन घिमिरे : पछील्लो समय प्रबासमा रहेका नेपालीहरू बिभिन्न उत्पादनशील कार्यमा लाग्ने क्रम बढ्न थालेको छ । हरेक बिधा , पेशा र क्षेत्रमा आफ्नो संलग्नता बढाउंने सिलसिलामा अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली प्रबासी नेपाली यूबाहरबले टु शेर्पा नामक वियर उत्पादनमा ल्याएका छन ।

    बिदेशीहरू माँझ पनि निकै चर्चित मानिन्छ शेर्पा शब्द । यही शेर्पा शब्द नाम राखेर अष्ट्रेलियामा उत्पादन शुरू गरिएको टु शेर्पा नामक यो बियरले अहिले अस्ट्रेलियाका नेपालीमाझ आफ्नो प्रभाव जमाउन थालेको कुरा बताइएको छ।

    नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको रकडेल निबासी प्रबासी नेपालीहरूको लगानी र अगुवाईमा यो बियरको उत्पादन गरिएको हो । टु शेर्पा बियर सिड्नीमा नै उत्पादन गरिएको हो ।

    सिड्नीमा उत्पादन गरिएपछी क्रमशः बजार बढाउंदै र मन जित्दै अगाडि बढेको यो बियरले छोटो समयमा क्यानबेरा , मेलवर्न, तास्मानियामा समेत आफ्नो बजार बिस्तार गरिसकेको छ -‘ छोटो समयमा बोटल सप र सिड्नीका सबै नेपाली रेष्टुरेन्टमा यो बियर उपलब्ध हुन थालेको छ । यो बियरको स्वादपनि केही अलग र फरक रहेकोले यो बियरप्रति सकारात्मक प्रतिक्रिया आएपछी हामी उत्साही भएका छौं -‘ यसका बजार ब्यबस्थापक सितल खाँड गिरीले बताए ।

    नेपाली नाम, नेपाली स्वाद अनि नेपाल र नेपालीको झझल्को आउंने यो बियर खाएर र यो उत्पादनलाई साथ दिएर प्रबासी नेपालीहरूको सोच र लगानीलाई प्रोत्साहित गरौ भन्ने भाबना पनि यतिबेला प्रबासी नेपालीहरूले ब्यक्त गर्न थालेका छन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार