Online Nepal शनिबार, जेष्ठ ५ २०८१

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासको आग्रह

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासको आग्रह


मध्यान्तर
  • शनिबार, फाल्गुन १४ २०७८

  • काठमाडौं । द्वन्दरत युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीतर्फ जान राजदूतावासले आग्रह गरेको छ । वर्लिनस्थित नेपाली राजदूतावासले स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीको सीमा खुला भएकाले त्यसतर्फ जान दूतावासले आग्रह गरेको हो ।

    दूतावासले मानवीयताको आधारमा स्लोभाकिया, पोल्यान्ड र हंगेरीले युक्रेनमा फसेका विदेशी नागरिकका लागि सीमा खुला गरेको जनाएको छ ।

    सम्पर्कका आएका नेपालीलाई सुरक्षित तवरले नेपाल फर्कन युक्रेन छोड्न र कुनै समस्या आए दूतावासलाई वा एनआरएनएलाई खबर गर्न पनि सुझाव दिइएको छ । दूतावासले हालसम्म युक्रेनमा १९३ जना नेपाली सम्पर्कमा आएको जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार