Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अमेरिकाले लगायो रूसी राष्ट्रपति पुटिनलाई प्रतिबन्ध

अमेरिकाले लगायो रूसी राष्ट्रपति पुटिनलाई प्रतिबन्ध


मध्यान्तर
  • शनिबार, फाल्गुन १४ २०७८

  • काठमाडौं । अमेरिकी अर्थ मन्त्रालयले औपचारिक रूपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभ्रोफविरूद्ध प्रतिबन्ध लगाएको छ। उसले लाभ्रोफलाई पुटिनका ‘प्रमुख प्रचारक’ सनेत भनेको छ।

    यो विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु दुर्लभ घटना हो  र यो युरोपेली सङ्घ, युके र क्यानडाले गरेका निर्णयपछि आएको छ।

    प्रतिबन्ध सार्वजनिक गर्दै अमेरिकी अर्थ मन्त्रालयले भनेको छ, ‘राष्ट्रपति पुटिन किम जङ-अन, एलेक्सेन्डर लुकासेन्को र बसर अल असदजस्ता तानाशाह सम्मिलित एउटा सानो समूहमा परेका छन्।’

    रूसी सुरक्षा परिषदका अन्य सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाइएको एजेन्सीहरूले बताएका छन्।

    रूसले आक्रमण गरेको तेस्रो दिन युक्रेनको राजधानी किएभमा विस्फोटका विवरणहरू आइरहेका छन्।

    अधिकारीहरूका अनुसार युक्रेनका विभिन्न ठाउँमा भीषण सङ्घर्ष भइरहेको छ। राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोटनको आवाज सुनिएको बिबिसीले जनाएको छ। ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन्।

    प्रत्यक्षदर्शीका अनुसार किएभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट कोसो टाढासम्म सुन्न सकिन्छ।

     

    प्रतिक्रिया
    थप समाचार