Online Nepal शनिबार, जेष्ठ ५ २०८१

थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


मध्यान्तर
  • शनिबार, फाल्गुन १४ २०७८

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाए अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार