Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने

अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो घोषणा गरेका हुन् ।

    आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।

    साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।

     

    ‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन् ।

    एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसयता प्रहरीको खोजीमा रहेका पल फरार रहँदै आएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार