Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यलय तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

    यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।
    आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए ।
    ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए,

    प्रतिक्रिया
    थप समाचार