Online Nepal शनिबार, जेष्ठ ५ २०८१

युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न सयुक्त राष्ट्रसंघले बोलायो आकस्मिक विशेष महासभा

युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न सयुक्त राष्ट्रसंघले बोलायो आकस्मिक विशेष महासभा


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । सयुक्त राष्ट्रसंघको आकस्मिक विशेष महासभा बस्ने  भएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न आकस्मिक रुपमा महासभाको विशेष सत्र गर्ने पक्षमा मतदान गरेको हो। सोमबार विशेष महासभा हुनेछ।

    सभामा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्न पाउने छन्।

    यसअघि सुरक्षा परिषद्ले रुसी आक्रमणको निन्दा गर्ने सम्बन्ध संकल्प प्रस्ताव पारित गर्ने प्रयास गरेको थियो। १५ सदस्यमध्ये ११ देशले पक्षमा मत दिए पनि स्थायी सदस्यका रुपमा पाएको भिटो अधिकार प्रयोग गरेर रुसले सो प्रस्ताव विफल पारेको थियो।

    चीन, भारत र युएई मतदानमा सहभागी नभएर रुसको साथमा उभिएका थिए। निन्दा सम्बन्ध संकल्प प्रस्ताव विफल भएपछि युक्रेन युद्धबारे छलफल गर्न आकस्मिक रुपमा विशेष महासभा बोलाइने भएको हो।

    विशेष महासभा बोलाउने प्रस्तावको विपक्षमा मतदान गरेको रुसले संयुक्त राष्ट्रसंघको विशेष व्यवस्थाअन्तर्गत यो प्रस्तावमा भिटो भने प्रयोग गर्न पाएन।

    ‘युनाइटिङ फर पिस’ व्यवस्थाअन्तर्गत पाँच स्थायी राष्ट्र रुस, अमेरिका, बेलायत, फ्रान्स र चीन सहमत नभएको अवस्थामा विशेष महासभा बेलाउन पाउने प्रावधान छ।

     

    प्रतिक्रिया
    थप समाचार