Online Nepal शनिबार, जेष्ठ ५ २०८१

रुसमाथि युरोपेली हवाई क्षेत्र प्रतिबन्ध लगाउने युरोपेली युनियनको निर्णय

रुसमाथि युरोपेली हवाई क्षेत्र प्रतिबन्ध लगाउने युरोपेली युनियनको निर्णय


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । युरोपेली युनियनले रुसी आक्रमणबाट आक्रन्त युक्रेनलाई सहयोग गर्ने भएको छ । युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा गरेको अन्तरास्ट्रिय संचार माध्यम  बीबीसीले जनाएको छ ।

    ईयूले युक्रेनलाई हतियार उपलब्ध गराउने निर्णय गरेको यो पहिलोपटक हो। हतियार सहयोगको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ईयूका अध्यक्ष उर्सुला भोन डर लेयनले यो इतिहास परिवर्तन गर्ने समय भएको बताइन् ।

    यससँगै उनले रुस र बेलारुसलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गर्दै रुसमाथि युरोपेली हवाई क्षेत्र प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    युरोपेली संघले रूसका सबै विमानलाई युरोपको हवाई उडानमा प्रतिबन्ध लगाइएको छ भने रुसको सरकारी मिडिया रसिया टुडे र स्पुतनिक र तिनका अन्य कम्पनीहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।साथै युरोपेली संघका सदस्य राष्ट्रहरूले युक्रेनका शरणार्थीलाई तत्काल राहत दिँदै शरण दिने सहमति गरेका छन् ।

    रुसले युक्रेनमाथि लगातार आक्रमण कारण लाखौं युक्रेनीले देश छाडेर छिमेकी र अन्य देशमा शरण लिइरहेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार