Online Nepal शनिबार, जेष्ठ ५ २०८१

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिनमा दुई देशबीच वार्ता हुँदै

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिनमा दुई देशबीच वार्ता हुँदै


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिनमा दुई मुलुक अधिकारीहरू वार्तामा बस्ने भएका छन् ।

    अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार युक्रेन र रूसी अधिकारीबीच बेलारूसको सीमामा वार्ता हुँदैछ।
    वार्ताका लागि युक्रेनी टोली बेलारूसको सीमामा पुगिसकेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट कुनै निकास निस्कने आफूलाई विश्वास नभएको भए पनि अधिकारीहरूलाई वार्ताका लागि अनुमति दिएका थिए।

    न्युयोर्क टाइम्सका अनुसार वार्ताका क्रममा युक्रेनी पक्षले तत्काल युद्धविराम गरी रूसी सैनिक युक्रेनबाट फिर्ता हुनु पर्ने प्रस्ताव राख्नेछ।तर वार्ताको तयारी भइरहँदा पनि रूसले युक्रेनमाथिको हमला जारी राखेको छ।

     

    प्रतिक्रिया
    थप समाचार