Online Nepal शनिबार, जेष्ठ ५ २०८१

थप १८० जनामा कोरोन संक्रमण पुष्टि , १ जनाको मृत्यु

थप १८० जनामा कोरोन संक्रमण पुष्टि , १ जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, भने एक जनाको मृत्यु भएको छ ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार