Online Nepal शनिबार, जेष्ठ ५ २०८१

जीटूजी व्यवस्था मार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता

जीटूजी व्यवस्था मार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौँ ।  भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि जीटूजी व्यवस्था (सरकार) मार्फत दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सो समझदारी पत्र आदान प्रदान गरेका छन्  ।

    यो सम्झौता ५ वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कृषि सामग्री कम्पनीले जनाएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रको आदानप्रदान भएको हो । सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो । हस्ताक्षर समारोहमा बोल्दै सचिव चतुर्वेदीले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषि सहकार्य अघि बढ्ने बताए ।

    दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुन विश्वास लिएको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार