Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विलासिताका वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन

विलासिताका वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन


मध्यान्तर
  • सोमबार, चैत्र २१ २०७८

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेकका सम्पूर्ण आयातित वस्तुको एलसी(प्रतितपत्र) बन्द गर्न बैकहरुलाई निर्देशन गरेको छ । सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर बैंकले यस्तो निर्देशन दिएको हो ।

    गाडी लगायत अन्य विलासिताका वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई भनेको छ । पछिल्लो समय तीब्र आयातका कारण सोधानान्तर स्थिति लगातार घाटामा गएको, व्यापारघाटा उच्च भएको र वैदेशिक मुद्राको सञ्चितिमा उच्च दवाव परेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।
    तीव्र आयातलाई नियन्त्रण गर्नकै लागि यसअघि राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म एलसी मार्जिनको व्यवस्था गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार