Online Nepal सोमबार, असोज १७ २०७९

कमल थापाप्रती भिम रावलको कटाक्ष: छेपारो राजनीतिको करामत समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो?

कमल थापाप्रती भिम रावलको कटाक्ष: छेपारो राजनीतिको करामत समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो?


मध्यान्तर
  • शनिबार, चैत्र २६ २०७८

  • काठमाडौं । नेकपा एमालेका नेता डा .भीम रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले अब देशमा जबजमले भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो भन्दै व्यङ्ग्य गरेका हुन् ।

    उनले लेखेका छन् : राप्रपा नेपालका कमल थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त र धन्य हो  छेपारो राजनीतिको करामत  समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो” ।

    शुक्रवार काठमाडौँमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार