Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एक हप्तासम्म एलसी नखोल्ने बैंकर्स संघको निर्णय

एक हप्तासम्म एलसी नखोल्ने बैंकर्स संघको निर्णय


मध्यान्तर
  • सोमबार, चैत्र २८ २०७८

  • काठमाडौं । नेपाल  बैंकर्स संघले एक हप्तासम्म प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने काम ठप्प पार्ने निर्णय गरेको हो । बैंकहरुले एलसी नखोल्दा बाहिर देशहरुबाट आयात हुने क्रम घट्नेछ ।

    आइतबार साँझ बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको छ ।

    ‘राष्ट्र बैंकले केही समयलाई विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको हो, कहिलेसम्म नखोल्नु भन्ने कुरा उल्लेख भएको थिएन,’ बैंकर्स संघका एक सदस्यले भने, ‘कम्तीमा एक हप्ता चाहिँ अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी ठप्पै पारौं भन्ने निर्णय भएको हो ।’

     

     

     

    प्रतिक्रिया
    थप समाचार