Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित

नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं ।  नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो ।

    नेपाललाई जीत दिलाउन आसिफ शेखले नटआउट रहँदै ८७ रन बनाए । उनले यसक्रमममा १३ चौका र १ छक्का हिर्काए । उनलाई ओपनर कुशल भुर्तेलले ३४ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, बसिर अहमदले १० रनको योगदान दिए ।

    यसअघि रोय काइयाको ४९ रनको मतले जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । त्यस्तै, तादिवानासे मारुमानीले २७ तथा लुक जोङवेले २३ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए ।

    यसअघि पहिलो खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले हराएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार