Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेपालले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै

नेपालले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै


मध्यान्तर
  • शुक्रबार, बैशाख २३ २०७९

  • काठमाडौं । नेपालले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज शुक्रबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ ।

    तर, बलियो टोली जिम्बावे‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन् । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्ने मौका छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । लिग टू मा एकदिवसीय खेल खेल्ने भएकाले नेपाललाई यो सिरिज महत्वपूर्ण हुनेछ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार