Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पहिलो एकदिवसीय खेलमा जिम्बावे ए सँग नेपाल पराजित

पहिलो एकदिवसीय खेलमा जिम्बावे ए सँग नेपाल पराजित


मध्यान्तर
  • शुक्रबार, बैशाख २३ २०७९

  • काठमाडौं । पहिलो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाललाई  पराजित गरेको छ।

    शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालमाथि जिम्बावेले ३ विकेटको जित निकालेको हो।

    नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावेले ७ विकेटको क्षतिमा २६ ओभरमा पूरा गर्‍यो।
    जिम्बावेको जितमा ओपनर इनोसेन्ट काइआले नटआउट ४८ रन जोडे।

    बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २(२ विकेट लिए। सागर ढकाल र सोमपाल कामीले १-१ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल खराब ब्याटिङ गर्दा ३१-३ ओभरमा १३६ रनमै अलआउट भयो।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ। यसअघि भएको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो।

    प्रतिक्रिया
    थप समाचार