Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सार्वजनिक सवारीको भाडा पुनः बढ्यो

सार्वजनिक सवारीको भाडा पुनः बढ्यो


मध्यान्तर
  • मंगलबार, जेष्ठ ३ २०७९

  • काठमाडौं । सरकारले जेठ ४ अर्थात भोलीदेखि नै लागु हुनेगरी लामो दुरीका सार्वजनिक सवारीको भाडा पुनः बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो ।

    यातायात व्यवस्था विभागले मंगलबार भाडा दर बढाएको सूची सहित एक सूचना जारी गरेर अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढेको हो ।

    त्यसैगरी त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको छ । शनिबार नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिट १० रुपैयँ बढाएको थियो । इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा गरेर सार्वजनिक यातायातको नयाँ भाडादर लागू गरेको हो ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार