Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिट्यालिटीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिट्यालिटीमा विशेष छुट


मध्यान्तर
  • शनिबार, जेष्ठ ७ २०७९

  • सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका आफ्ना ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएक ा विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्नेसम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिट्यालिटीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्  ।

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुला सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास,अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार