Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सार्वजनिक सवारीको भाडा फेरि वृद्धि

सार्वजनिक सवारीको भाडा फेरि वृद्धि


मध्यान्तर
  • मंगलबार, जेष्ठ १० २०७९

  • काठमाडौं । सार्वजनिक सवारीको भाडा फेरि वृद्धि भएको छ । आजैदेखि नै लागू हुने गरि लामो दुरीको सार्वजनिक सवारीको भाडा वृद्धि भएको हो । जेठ ३ गते मात्रै भाड वृद्धि भएको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि भएसँगै आज सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो।

    यातायात व्यवस्था विभागले मंगलवार जारी गरेको नयाँ भाडा दर अनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

    नेपाल आयत निगमले २ दिन अघि मात्रै पेट्रोलको र डिजेलको प्रतिलिटर १०-१० रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो । सोही मूल्य वृद्धिको कारणले आज भाडा वृद्धि भएको हो ।

    इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा धेरै वृद्धि भएमा स्वचालित रुपमा भाडा पनि वृद्धि हुने छ । यातायात व्यवस्था कार्यलयले भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएपछि स्वाचालित भाडा वृद्धि सुरु भएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार