Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले गरे आयल निगम घेराउ

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले गरे आयल निगम घेराउ


मध्यान्तर
  • बुधबार, जेष्ठ ११ २०७९

  • काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले आयल निगममा घेराउ गरेका छन् । बुधबार बिहान निगम पुगेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेको हो ।
    घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो ।

    प्रदर्शनकारीले जनप्रतिनिधि फेरिए जनजीविका फेरिएन, सबै मूल्यवृद्धिको जड, पेट्रोलियम पदार्थको कर, छिटो फिर्ता गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
    यसअघि १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    नेपाल आयल निगमले आइबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले बढाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार