Online Nepal शनिबार, जेष्ठ ५ २०८१

चिनीको निर्यातलाई भारतले गर्‍यो प्रतिबन्ध

चिनीको निर्यातलाई भारतले गर्‍यो प्रतिबन्ध


मध्यान्तर
  • बुधबार, जेष्ठ ११ २०७९

  • काठमाडौं । भारतले जुन महिनादेखि अक्टोबरसम्म चिनीको निर्यातलाई  बन्द गर्ने घोषणा गरेको छ । घरेलु मूल्यवृद्धि कम गर्नका लागि यस्तो नीति अपनाउन लागेको बताइएको छ ।

    भारत सरकारले सबै व्यापारीहरुलाई जुन १ देखि अक्टोबर ३१ का बीच चिनीको विदेशी कारोबार सम्बन्धी अनुमति सुनिश्चित गराउन भनिसकेको छ । घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई नियन्त्रित गराउन यस्तो कदम उठाउन लागिएको इकोनोमिक टाइम्सले जनाएको छ ।

    यसमा पूर्ण प्रतिबन्ध नभएर चिनीको निर्यात् सीमित गराउने जनाइएको छ । घरेलु उपलब्धता र स्थिर मूल्यलाई कायम राख्नुपर्ने बताइएको छ । यी बन्देजहरु अमेरिका र युरोपेली युनियनमा हुने चिनी निर्यातमा चाहिँ लागू नहुने बताइएको छ ।

    यसरी ६ वर्षमा पहिलोपटक भारतले चिनीको निर्यात सीमित गराउन लागेको हो । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक हो जसकारण यसको प्रभाव विश्वव्यापी रहने बताइएको छ ।

    युक्रेनमा जारी युद्धपश्चात् विश्वभर विभिन्न मुलुकहरुले खाद्यान्न निर्यातमा कडाइ अपनाइरहेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार