Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६ प्रतिशतले वृद्धि

मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६ प्रतिशतले वृद्धि


मध्यान्तर
  • मंगलबार, जेष्ठ १७ २०७९

  • काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६ प्रतिशतले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपियाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गरेको उल्लेख गरेको छ ।

    कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ करोड रुपैयाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० माकोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो ।

    कम्पनीको प्रबन्ध निर्देशक अभिनव चुरिवालले भनेका छन्, “लगातार २ वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनःगति लिन थालेको छ । यसै सिलसिलामा हाम्रो विक्री पनि २०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण व्यवसाय सम्बन्धी गतिविधिहरु पुरानै लयमा फर्किन थालेपछि हाम्रो विक्री पनि बढेको हो । हाम्रा उत्पादनहरुको गुणस्तरीयता र यिनीहरुप्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरुको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो ।”

    मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चापदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशालाभएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । मंगलम्को उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् ।

     

    प्रतिक्रिया
    थप समाचार