Online Nepal शनिबार, जेष्ठ ५ २०८१

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ : अर्थमन्त्री शर्मा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ : अर्थमन्त्री शर्मा


मध्यान्तर
  • शनिबार, जेष्ठ २१ २०७९

  • काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले सरकारले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेका छन् ।

    शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभालाई वीरगन्जना सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । यसअघि नै सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो ।

    अर्थमन्त्री शर्माले भने उक्त विमानस्थल सरकारले बनाउने घोषणा गरेका हुन् । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ, यसै वर्ष यसको निर्माण सुरु हुन्छ,’ उनले भने, ‘यो अर्थमन्त्री जर्नादन शर्माको प्रतिबद्धता हो, यो शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’

    निजगढ विमानस्थल अन्तर्राष्ट्रिय यात्रुलाई ल्याउन र मधेसलाई काठमाडौंसँग जोड्ने सम्पर्क सूत्रको रुपमा रहेको पनि उनले बताए । यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दा वीरगन्ज मात्र नभई सम्पूर्ण देशलाई घाटा हुने उनको तर्क थियो ।

    निजगढ–काठमाडौं द्रुत मार्ग निर्माण सुरु हुँदा ७० अर्बको परियोजना अहिले बढेर २ खर्ब ५० अर्बको पुगिसकेकाले अब द्रुत मार्गको निर्माण कार्य द्रुत गतिमा हुनुपर्ने उनले बताए ।

     

     

    प्रतिक्रिया
    थप समाचार