Online Nepal सोमबार, जेष्ठ ७ २०८१

‘विशेषतम आँखा सेवाको लागि दृष्टि विशेषज्ञ’ नाराका साथ विश्व दृष्टि बिशेषज्ञ दिवस मनाइयो

‘विशेषतम आँखा सेवाको लागि दृष्टि विशेषज्ञ’ नाराका साथ विश्व दृष्टि बिशेषज्ञ दिवस मनाइयो


मध्यान्तर
  • आइतबार, चैत्र १० २०७५

  • काठमाडौं । हरेक बर्ष मनाइने वल्र्ड ओप्टोमेट्री डे अर्थात विश्व दृष्टि बिशेषज्ञ दिवस यसपटक पनि मार्च २३ का दिन मनाइएको छ । यस बर्ष नेपाल विश्व दृष्टि बिशेषज्ञ संघद्वारा ‘विशेषतम आँखा सेवाको लागि दृष्टि विशेषज्ञ’ नारा लिएर र्याली तथा कार्यक्रम गरी मनाइयो । र्याली त्रि.वि. शिक्षण अस्पलात महारागंजको प्राङ्गनबाट सुरु भई चक्रपथ, बसुन्धरा, कान्ति बाल अस्पताल हुँदै पुन टिचिङ अस्पतालको विपि कोइराला नेत्र अध्ययन केन्द्रमा पुगेर समापन भयो । र्यालीमा ओप्टोमेट्री अध्ययनरत विद्यार्थी, शिक्षक तथा दृष्टि विशेषज्ञ एवं आँखा स्वास्थ्य सम्बन्धि महानुभाहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थ प्रसाद मिश्रले नेपालमा नेत्र रोग विशेषज्ञ, दृष्टि विशेषज्ञ र नेत्र सहायकहरु आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए । उनिहरु एक अर्कामा प्रतिश्पर्धी नभएर परिपुरक रहेको उनले बताए । मिश्रले नेपालमा यी तीन प्रकारका स्वास्थ्य जनशक्तिले गर्ने कार्य विभाजन प्रष्ट नभएको औंल्याए । उनले भने– ‘नेपालको आँखा स्वास्थ्य सेवा अन्य देशको भन्दा राम्रो भएपनि सरकारले दृष्टि विशेषज्ञको पहिचालाई खास महत्व दिएको छैन ।’

    दृष्टि विशेषज्ञले आँखाको प्राथमिक उपचारसँगै अन्य विशेतम आँखा सेवा पनि प्रदान गर्छन् । अल्छि आँखाको उपचारमा दिइने थेरापी, आँखाको मांशपेशी कमजोर भइ हुने टाउको दुखाईमा दिइने थेरापी दृष्टि विशेषज्ञले नै दिने गर्छन् । त्यस्तै दृष्टिदोष निवारणको लागि चश्मा, कन्ट्याक्ट लेन्सको परिक्षण तथा प्रदान गर्ने र न्युन दृष्टिको पुनः स्थापना गर्ने कार्य दृष्टि विशेषज्ञले नै गर्छन् ।

    नेपाल स्वास्थ्य व्यवसायि परिषदका अनुसार हाल नेपालमा ७ सय दृष्टि विशेषज्ञ दर्ता भइसकेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंज मेडिकल क्याम्पसमा सन् १९९७ मा पहिलो पटक सुरु गरिएको यो शैक्षिक कार्यक्रम हाल आएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पोखरा विश्वविद्यालय अन्तरगत पनि चलिरहेको छ । विश्वमा गरिएको विभिन्न सर्वेक्षण अनुसार २.५ अर्ब मानिस दृष्टिदोषको उपचारबाट बञ्चित छन् । आँखा सेवामा पहुँचको कमी नै यसको प्रमुख कारण रहेको त्यस्ता सर्वेक्षणहरुले देखाएका छन् । नेपाल लगायत अन्य विकासशिल देशहरुमा पनि आँखा स्वस्थ्य सेवालाई आधारभुत स्वास्थ्य सेवामा एकिकृत गरेर लैजानुपर्ने आवश्यकता भइसकेको छ । यसो गरिएमात्र सर्वसाधारणको पहुँचमा आँखा स्वास्थ्य सेवा पुग्ने विश्वास गरिएको छ । यसै सन्दर्भमा सरकारले दृष्टि विशेषज्ञको क्षमतालाई पहिचान गरी आम जनताको पहुँचमा गुणस्तरिय आँखा सेवा पुर्याउन आवश्यक देखिएको छ ।

    प्रतिक्रिया
    थप समाचार