Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौँ । पहिराका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।

    वर्षासँगै चितवनको घोप्टेभिर र ठाडेखोलामा गएराति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्ध बनेको थियो।

    पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुईतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

    सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदैआएको छ।

    प्रतिक्रिया
    थप समाचार