Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । भैरहवामा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।

    होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

    शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए ।

    मृतकका आफन्तले स्विमिङ पुलमा लाइफ गार्डको व्यवस्था नहुँदा घटना भएको आरोप लगाएका छन् ।

    यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका-३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा-१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार