Online Nepal आइतबार, जेष्ठ ६ २०८१

दाङमा २५ वर्षीया एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङमा २५ वर्षीया एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । दाङको तुलसीपुरमा २५ वर्षीया एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दोघरेकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया ती युवतीमाथि असार २ गते राति ९ बजे बलात्कार भएको हो। पीडित युवतीको मनस्थिती सुस्त भएको प्रहरीले जनाएको छ।

    उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलात्कार गरेको खुलेको हो।

    पीडितलाई कमल चौधरी फकाएर लगेका थिए। उनले आफ्ना तीन जना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ।

    घटनापछि पीडित युवती घर फर्किएपछि घटनाबारे बाहिरिएको हो। आफन्तले उनीमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। उनको परिवारले चार जना विरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार