Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रु पक्राउ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रु पक्राउ


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई पक्राउ गरेको छ।

    शनिबार बिहान जजिराको जहाजबाट आएका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन्।

    कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा ३ वटा सिक्री र १ वटा ब्रासलेट गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले जनाएको छ । उक्त गहनाको अन्दाजी मूल्य ९ लाख ९० हजार हुने विमानस्थल भन्सारले जनाएको छ।

    बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो।

    वैधानिक रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनुपर्ने भए पनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ।

     

    प्रतिक्रिया
    थप समाचार