Online Nepal बुधबार, बैशाख १२ २०८१

धादिङको धार्के बजारमा भन्सार छली ल्याइएको मललाई किसानले गरे कब्जा

धादिङको धार्के बजारमा भन्सार छली ल्याइएको मललाई किसानले गरे कब्जा


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । धादिङको पृथ्वी राजमार्ग अन्तर्गत धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् ।

    मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

    व्यापारीहरूले भने भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको आरोप पनि लागेको छ ।

    विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ुलुट्न लगाएकोु किसानहरूले बताएका छन् । किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार