Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल पुनर्बीमा कम्पनीको ५.२६ प्रतिशत लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको ५.२६ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ।
    कम्पनीले वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    आइतबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार