Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौं  । आगामी आर्थिक वर्षको बजेट आएपछि नेप्सेको गिरावट अहिलेसम्म रोकिएको छैन । आज साताको पहिलो कारोबारको दिन आइतबार पनि नेप्से उच्च अंकले घटेको छ । यस दिन ३७.२७ अंकले घटी १९३४.१२ अंकमा पुगेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ७.२९ अंकले घट्दै ३७३.८५ अंकमा पुगेको  छ । यस १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३.६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३.५९ प्रतिशतले घट्न पुगेको छ ।
    यस्तै, अन्य समूहको उपसूचक ३.६२ प्रतिशतले घटेको छ भने लगानीको उपसूचक २.२७ प्रतिशतले घट्न पुगेको छ । असार १ गतेदेखि सातामा आइतबारको सार्वजनिक विदा कटौती भएसँगै आइतबारसहित शुक्रबार ६ दिन नै कारोबार हुन थालेको बजारमा पहिलो दिन ३७.२७ प्रतिशतको गिरावट आएको हो । यस्तै घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब १३ करोड ४० लाखमा सीमित हुन पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार