Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार

जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौं । जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार र हातपात भएको छ ।

    अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम-२३ बेलाका स्थानीयले उपमेयर साहमाथि आइतबार  जुत्ता प्रहार र हातपात गरेका हुन् । केही मानिसहरु ज्ञापनपत्र बुझाउन भन्दै आएका थिए । उनीहरू नै उपमेयर साहमाथि जाइलागे । उपमेयरमाथि एक महिलाले जुत्ता प्रहार गरिन् । अन्य व्यक्तिहरूले कुटपिट गरेका हुन् ।

    उपमेयर साहमाथि आक्रमण गरिएपछि नगर प्रहरी र नेपाल प्रहरीले उनलाई जोगाएको छ । आक्रोशित समूहले घुस लिएर केही नबोल्ने गरेको आरोपसमेत लगाएका छन् ।

    बेला गाउँका स्थानीयले भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूले प्लटिङ गरेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ । सो विषयमा त्यहाँका बासिन्दा ज्ञापनपत्र बुझाउन उपमेयर समक्ष आएका बेला यो घटना भएको बताइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार