Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाई जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ

नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाई जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौँ । नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौँको कीर्तिपुरमा रहेको जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

    जापानमा बसेका व्यक्तिको प्रमाणपत्र बनाएर काठमाडौँको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

    पक्राउ पर्नेमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई छन्।

    २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको सो जग्गा पक्राउ परेका ती व्यक्तिहरुले नक्कली कागजपत्र बनाएर बिक्री गरेका थिए।

    महतोका अनुसार शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान् खडा गरेर जग्गा बिक्री गरेको पाइएको हो।

    जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो।

    प्रहरीले उनीहरुबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र ४ थान, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता श्रेस्तालगायतका सामग्री बरामद गरेको छ।

     

    प्रतिक्रिया
    थप समाचार