Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धी

पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धी


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धी भएको छ ।नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु भएको निगमले जनाएको छ ।

    यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

    निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

    खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार