Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

    महाशाखाले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेस प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ।

     

    प्रतिक्रिया
    थप समाचार