Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूलाई कतार एयरवेजको हवाई टिकटमा १० प्रतिशत छुट

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूलाई कतार एयरवेजको हवाई टिकटमा १० प्रतिशत छुट


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौं । नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजको हवाई टिकटमा छुट पाउने भएका छन् ।

    जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। यो छुट यही असार १७ गतेदेखि लागू हुने बैंकले जनाएको छ।

    आइतबार भएको एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

    यस साझेदरी अन्तर्गत हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    थप समाचार