Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पूर्वमन्त्री विक्रम पाण्डेले पाए सफाई

पूर्वमन्त्री विक्रम पाण्डेले पाए सफाई


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौँ । पूर्वमन्त्री विक्रम पाण्डेलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको छ । आइतबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले आइतबार पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसला गरेको हो ।

    बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूलनहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सन जेभीका प्रमुख रहेका पाण्डेविरुद्ध त्यही हैसियतमा दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी मुद्दा चलाइएको थियो । उनीसहित मुद्दा चलाइएका सिँचाइ आयोजनाका सबै कर्मचारीलाई पनि विशेष अदालतले आइतबार सफाइ दिएको छ ।

    सिँचाइ आयोजनाका तत्कालीन प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेतले पनि सफाइ पाएका छन् ।

    सिँचाइ आयोजनाका इन्जिनियरहरू मीनराज ढकाल, सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, रविनाथबाबु श्रेष्ठ आशिषचन्द्र खनाल र कमलप्रसाद रेग्मीलाई पनि विशेष अदालतले सफाइ दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार