Online Nepal बिहिबार, बैशाख ६ २०८१

एनआईसी एशिया बैंकद्वारा ३० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा ३० लाख बीमा रकम भुक्तानी


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौं । एनआईसी एशिया बैंकले ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू। १० लाखको दरले कुल रू। ३० लाख बीमा रकम भुक्तानी गरेको हो ।

    इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खेलेकी रेनु देवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाल रहेका छन् । उनीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

    बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,०६० जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत रू। २ करोड १० लाख, दुर्घटना बीमा वापत रू। ४० लाख र मेडिकल बीमा वापत रू। २ करोड ६१ लाख गरी कुल रू। ५ करोड ११ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार