Online Nepal शुक्रबार, बैशाख ७ २०८१

अमेरिकी डलर अहिलेसम्मकै महँगो

अमेरिकी डलर अहिलेसम्मकै महँगो


मध्यान्तर
  • बुधबार, असार १५ २०७९

  • काठमाडौं । अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । बुधबार एक डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ रूपैयाँ तिर्नुपर्ने भएको हो।

    डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ।  भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर नै हुन्छ ।

    मंगलबार भारतीय बजारमा एक डलरको लागि ७८.८३ भारु सम्ममा कारोबार भइरहेको थियो। भारतीय मुद्रा पनि हालसम्मकै कमजोर भएको हो। पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारु कमजोर भइरहेको हो। त्यहाँ कतिपयले एक डलरको लागि ७९.५० भारसम्म तिर्नुपर्ने अवस्था आउन लागेको प्रक्षेपण गरिरहेका छन्। त्यहाँको सेयरबजारमा सोमबार मात्रै संस्थागत वैदेशीक लगानीकर्ताहरूले १२ अर्ब ७८ करोड बराबरका सेयर बिक्री गरेका छन्।

    केही दिनदेखि यस्ता लगानीकर्ताहरूले त्यहाँ सेयर बिक्री बढाएका छन्। गत बिहीबार मात्रै यस्ता लगानीकर्ताहरूले २३ अर्ब १९ करोड रूपैयाँ बराबर सेयर बिक्री गरेको सञ्चारमाध्महरूले उल्लेख गरेका छन्।

    नेपाली बजारका उपभोक्ताले मूल्य वृद्धिको थप मार खेप्नुपर्ने हुन्छ। वैदेशीक रोजगारीमा गएकाहरुले भने पठाउने विदेशी मुद्रामा बढी भाउ पाउँनेछन्। यसले केही भएपनि रेमिटेन्स वृद्धिमा सहयोग पुग्न भने सक्छ।

     

    प्रतिक्रिया
    थप समाचार