Online Nepal शनिबार, जेष्ठ ५ २०८१

दुई दिनसम्म घटेको शेयर बजार १३ अंकले बढ्यो

दुई दिनसम्म घटेको शेयर बजार १३ अंकले बढ्यो


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाण्डौ । लगातार दुई दिनसम्म घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ३३ अङ्कले बढेर २ हजार ४३ दशमलव ९२ विन्दुमा पुगेको छ ।

    आज बैंक, निर्जीवन बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २८ वटा कम्पनीका ६२ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १७ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर साढे ११ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो ।

    आज सीवाईसी नेपाल लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयर भने तीन प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार