Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कोरोनाका बिरामी बढे, काठमाडौंमा देखियो नयाँ भेरियन्ट

कोरोनाका बिरामी बढे, काठमाडौंमा देखियो नयाँ भेरियन्ट


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाडौं । काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

    यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार ११३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार