Online Nepal शुक्रबार, बैशाख ७ २०८१

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण


मध्यान्तर
  • शुक्रबार, असार २४ २०७९

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार