Online Nepal शनिबार, बैशाख ८ २०८१

पूर्वमन्त्री शेर्पा सवार कार पल्टियो, चार जना घाइते

पूर्वमन्त्री शेर्पा सवार कार पल्टियो, चार जना घाइते


मध्यान्तर
  • शुक्रबार, असार २४ २०७९

  • काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ । शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
    शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ । पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन ।
    चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचार ट्रमा सेन्टरमा हुनेछ । उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार