Online Nepal बिहिबार, बैशाख १३ २०८१

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बिमाबापत ३० लाख रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बिमाबापत ३० लाख रकम भुक्तानी


मध्यान्तर
  • शुक्रबार, असार २४ २०७९

  • काठमाडौं । ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अन्तर्गत एनआईसी एसिया बैंकले  बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बिमाबापत ३० लाख रकम भुक्तानी गरेको छ ।
    प्रतिव्यक्ति १० लाखको दरले तीन जनालाई ३० लाख बिमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बिमा लाभ प्राप्त गर्नेमा हरिन्द्र शाह तेली, प्रचण्ड जंग शाह र सञ्जित तामाङ रहेको बैंकले जानकारी दिएको छ ।

    तीन लाभदायीहरूलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्तरूपमा एक कार्यक्रमका बीच बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको बैंकले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार